News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बजारमा हरियो फर्सीको भाउ मंगलबार घटेको छ।
- मंगलबार हरियो फर्सी (लाम्चो) को भाउ प्रतिकिलो १२ रुपैयाँ घटेर ४१ रुपैयाँ कायम भएको छ।
- हरियो फर्सी (डल्लो) को भाउ पनि प्रतिकिलो ४ रुपैयाँ घटेर ४३ रुपैयाँमा किनबेच भइरहेको छ।
८ पुस, काठमाडौं । बजारमा हरियो फर्सीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार बजारमा फर्सीको भाउ घटेको देखाएको हो ।
कालीमाटी बजारमा पाकेको फर्सी, हरियो फर्सी (लाम्चो) र हरियो फर्सी (डल्लो) गरी तीन प्रकारका फर्सी किनबेच हुन्छ । सोमबारको तुलनामा मंगलबार हरियो फर्सी प्रतिकिलो भाउ ४ देखि १२ रुपैयाँसम्म घटेको छ ।
मंगलबार हरियो फर्सी (लाम्चो) को भाउ औसतमा प्रतिकिलो १२ रुपैयाँ घटेको छ । सोमबार प्रतिकिलो थोकमा ५३ रुपैयाँमा किनबेच भएको उक्त फर्सी आज प्रतिकिलो ४१ रुपैयाँ कायम छ ।
यस्तै आज हरियो फर्सी (डल्लो) को भाउ प्रतिकिलो ४ रुपैयाँ घटेको छ । हिजो उक्त फर्सी प्रतिकिलो औसत ४७ रुपैयाँमा किनबेच भएकोमा आज ४३ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4