News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२५ मा नेपालीले गुगलमा सबैभन्दा धेरै बलिउड फिल्म 'सायारा' खोजेका छन्।
- सलमान खानले होस्ट गर्ने 'बिग बोस सिजन १९' र 'हाउसफूल ५' पनि धेरै खोजिएका छन्।
- नेपालीले योनो टिभी एप, दुर्गेश थापाको गीत 'दुश्मन हेरेको हेर्यै', र 'धुरन्धर' फिल्म पनि धेरै खोजेका छन्।
काठमाडौं । सन् २०२५ मा नेपालीले गुगलमा मनोरञ्जन जगतबारे धेरै के कुरा खोजे ? यसले गुगल सर्च इन्जिनमा नेपालीको रुचि कस्ता फिल्म, संगीत र टिभी श्रृंखलामा छ भन्ने दर्शाउँछ ।
गुगल ट्रेन्डमा नेपाल राखेर ‘कस्टम सर्च’ गर्दा पछिल्लो १२ महिनामा गुगल सर्च इन्जिन र युट्यबमा नेपालीले धेरै के कुरा सर्च गरे भन्ने नतिजा देखाउँछ । यसले नेपाली दर्शकको रुचि कस्ता कन्टेन्टमा छन् भन्ने बुझ्न सजिलो हुन्छ ।
हामी यहाँ सन् २०२५ मा मनोरञ्जन क्षेत्रबारे गुगल प्लाटफर्ममा नेपालीले धेरै के कुरा सर्च गरे भन्नेबारे चर्चा गर्नेछौं । जसअनुसार सन् २०२५ मा नेपालमा मनोरञ्जन जगतबारे खोजिएको शब्द छ– बलिउड फिल्म ‘सायारा’ ।
यो आइएमडीबीमा पनि यसवर्ष सबैभन्दा लोकप्रिय भारतीय फिल्म घोषित भैसकेको छ ।
दोस्रो धेरै सर्च गरिएको छ, सलमान खानले होस्ट गर्ने चर्चित भारतीय टिभी शो ‘बिग बोसको सिजन १९ ।’ त्यसपछि बलिउड फिल्म ‘हाउसफूल ५ ।’
चौंथो स्थानमा धेरै खोजिएको छ- योनो टिभी । फुटबल, क्रिकेटजस्ता खेललाई लाइभ गर्ने यो एप यसवर्ष धेरै खोजिएको देखिन्छ ।
यसवर्ष नेपालीले युट्युबमा बिग बोस १९, दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्यै’, मन्नत सिरिज, सैयारा फिल्म र भोजपुरी गीतबारे खोजी गरेको देखिन्छ ।
तस्वीरतर्फ धेरै खोजिनेमा सैयारा फिल्म, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायतका कुरा छन् ।
वर्षको अन्त्यतिर अहिले हलमा धमाका गरिरहेको बलिउड फिल्म ‘धुरन्धर’ बारे नेपाली धेरै गुगल सर्च गरेको देखिन्छ । हालै भाइरल भएको ‘१९ मिनेट’ नामक भिडियोको खोजी पनि धेरै देखिन्छ ।
सन् २०२५ मा नेपालीको गुगल सर्च हेर्दा दर्शकीय र इन्टरनेट प्रयोगकर्ताको रुचि विभिन्न क्षेत्र र कन्टेन्टमा देखिन्छ । धेरैले भारतीय फिल्म, सिरिजबारे चासो राखेको देखिन्छ ।
प्रतिक्रिया 4