+
+
Shares

बालेनसँग भेटेका रविले भने- सुदन र कुलमानसँग पनि कुरा गर्दैछौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानलेले नयाँ र वैकल्पिक भनिएका सबै शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १४:३५

८ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानलेले नयाँ र वैकल्पिक भनिएका सबै शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको बताएका छन् । उक्त योजनाअनुसार नै सोमबार राति अबेरसम्म काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग छलफल भएको उनको भनाइ छ ।

‘नयाँ र वैकल्पिक भनिएकाहरूलाई संवादमार्फत एकै ठाउँमा प्रयासस्वरुप हामी लागिरहेका छौँ। टुंगोमा पुग्ने गरी काम गरिरहेका छौँ,’ उनले भने ।

बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो? भन्ने प्रश्नमा लामिछानले भने, ‘हामी त्यसचरणमा पुगेका छैनौँ। पहिले एक अर्कालाई बुझ्नुपर्‍यो ।’

उनले फेरि पनि छलफलको तयारी भएको र त्यसपछिमात्रै राजनीतिक छलफल हुने बताए । उनले हामी नेपाली नामक एनजीओका सुदन गुरुङ र ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफलको तयारी भएको बताए ।

‘अरुसँग पनि कुरा भएको छ । सुदन गुरुङजीसँग, कुलमानजीसँग पनि कुरा गर्छौँ,’ उनले भने, ‘रास्वपाले गर्छ नै यो रास्वपाको जिम्मेवारी नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?