News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको साहरा सहकारी ठगी प्रकरणमा तारिख बुझ्न आज चितवन जिल्ला अदालत जान लागेका छन्।
- लामिछाने बुध एयरको जहाजमार्फत चितवन जाँदैछन् तर खराब मौसमका कारण जहाज उडान नभएको छ।
- उनी सोमबार काठमाडौँ जिल्ला अदालतमा पनि तारिख बुझेका थिए।
८ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तारिख बुझ्नका लागि चितवन जाँदैछन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका उनी चितवनको साहरा सहकारीको ठगी प्रकरणमा तारिख बुझ्न आज चितवन जिल्ला अदालत उपस्थित हुन लागेका हुन् ।
उनी बुद्ध एयरको जहाजमार्फत चितवन जाँदैछन् । मौसम खराबीका कारण जहाज नउँडेको उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए । ‘बिहान ९ बजेको टिकट थियो । मौसम खराब हुँदा अहिलेसम्म उडान भएको छैन’ उनले भने अनलाइनखबरसँग भने ।
यसअघि लामिछानेले सोमबार काठमाडौँ जिल्ला अदालतमा पनि तारिख बुझेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4