+
+
Shares

विपद्को सूचना कसरी पुर्‍याउने भनेर काम भइरहेको छ : प्रमुख भट्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १७:३९

८ पुस, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले नेपालमा बाढी तथा विपद्जन्य क्षति कम गर्नको लागि एन्टिसिपेटरी एक्शन अर्थात विपद् आउनुअघि नै सम्भावित जोखिमको अनुमान गरेर गरिने पूर्वतयारी र रोकथामका कामहरूमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

विपद् हुनुअघि नै त्यसको असर कम गर्ने उपाय पहिचान गरी सोहीअनुसार योजना बनाइ काम गर्नु नै एन्टिसिपेटरी एक्सन हो ।

कार्यकारी प्रमुख भट्टले यसअघि विपद्बाट क्षति भइसकेपछि मात्रै राहत तथा उद्धारका कार्यक्रम लिएर विपदग्रष्त क्षेत्रमा जाने गरेकोमा अब भने यो विधिलाई परिवर्तन गरी पूर्व तयारीमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै प्रमुख भट्टले जलवायुजन्य विपद्को जोखिम छ भन्ने थाहा पाएर मात्रै नहुने र पूर्वकार्य तथा प्रतिकार्य गर्नुपर्ने बताए  ।

बाढी वा पहिरो आउँछ भन्ने थाहा पाएपछि उक्त क्षेत्रमा बसिरहेका समुदायका नागरिकलाई सुरक्षित क्षेत्रमा लैजाने, त्यहाँ पनि बसोबास, खाद्यान्न र शौचालयको व्यवस्था गर्ने कुरा पूर्वकार्यमा पर्दछ ।

‘यस्तो हुन्छ है भनेर थाहा पाएर मात्रै भएन, यसो हुन्छ भन्ने थाहा पाएपछि पूर्व तयारी पनि गर्नुपर्‍यो जसले मानवीय क्षतिलाइ कम गरेर ल्याउँछ भने अन्य क्षतिलाई पनि कम गर्दछ,’ प्रमुख भट्टले भने ।

विपद्जन्य जोखिमबाट हुने मानविय तथा भौतिक क्षतिलाइ न्युनिकरण गर्ने विश्वास व्यक्त गर्दै उनले प्राधिकरणले पूर्वसूचना प्रणालीको विषयलाई पनि प्राथमिकतामा राखेको बताए ।

विपद् पूर्वानुमानमा आधारित प्रतिकार्य सम्बन्धी राष्ट्रिय कार्यढाँचा पूर्वतयारीमा केन्द्रित भएको भएपनि पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित बनाउन पनि काम भइरहेको उनको भनाइ छ ।

‘अर्लि वार्निङ फर अल सबैकहाँ सूचना कसरी पुर्‍याउने भनेर पनि काम भइरहेको छ, यसले विपद् न्युनीकरणमा मद्दत पुग्छ भन्ने विश्वासका साथ यो कार्यढाँचा ल्याइएको हो,’ उनले भने ।

पूर्वतयारी र पूर्वसूचनालाई बलियो ढंगले अघि बढाउनसके मात्रै विपद् न्युनिकरण गर्नमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?