+
+
Shares

वैकल्पिक शक्ति निर्माण गर्न छलफल, रवि, बालेनसँगै सुनील शर्मा र सागर ढकाल सहभागी

वैकल्पिक शक्ति निर्माणको छलफलमा सहभागी हुन नेताहरू भेला हुन थालेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १२:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रवि लामिछाने र बालेनले वैकल्पिक शक्ति निर्माणको छलफलका लागि नेताहरूलाई भेला गराएका छन्।
  • सोमबार राति कमलपोखरीमा भएको छलफलमा बालेनले सरकारको नेतृत्व र रविले पार्टीको नेतृत्व गर्ने प्रस्ताव राखेका थिए।
  • बालेनले बुधबारदेखि विभिन्न राजनीतिक शक्ति र जेनजी अभियन्तासँग छलफल गरिरहेका छन् र ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि भेट गरेका छन्।

१० पुस, काठमाडौं । वैकल्पिक शक्ति निर्माणको छलफलमा सहभागी हुन नेताहरू भेला हुन थालेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), कांग्रेस नेता सुनील शर्मा, जेनजी अभियानबाट चर्चामा रहेका सुदन गुरुङ कुपेण्डोलस्थित कुमार बनेको घरमा भेला हुँदैछन् ।

वैकल्पिक अभियान चलाइरहेका सागर ढकाल पनि भर्खरै पुगेका छन् । सुदन गुरुङ भने यसअघि नै पुगिसकेका छन् ।

रास्वपा सभापति लामिछानेसँग असिम शाह, गणेश कार्की पनि छन् ।

यसअघि सोमबार राति लामो समय छलफल गरेका रवि र बालेनले आजको छलफलमा अन्य नेतालाई पनि सहभागी गराउन लागेका हुन् ।

यसअघि सोमबार राति कमलपोखरीमा भएको छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए ।

अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो । त्यसमा ठोस सहमति नभए पनि सकारात्मक छलफल भएको उनीहरू निकट नेताहरूले बताएका थिए ।

बालेन शाहले केही दिनयता राजनीतिक सक्रियता बढाएका छन् । रविलाई भेटेपछि बुधबारदेखि उनी विभिन्न राजनीतिक शक्ति र व्यक्तिसहित जेनजी अभियन्तासँग छलफल चलाइरहेका छन् ।

आजै पनि उनले ऊर्जामन्त्री कुलमान घिसिङलगायतका व्यक्तिसँग छलफल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?