News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सातै प्रदेशका जेनजी प्रतिनिधिहरूसँग छलफल गरेका छन्।
- जेनजी प्रतिनिधिहरूले नयाँ भनिएका राजनीतिक र शक्तिहरू मिलेर जानुपर्ने सुझाव बालेन्द्रलाई दिएका छन्।
- बालेनले जेनजी रक्षा बमलाई सबै जेनजीलाई एक भएर आउन आग्रह गरेका थिए।
१० पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले सातै प्रदेशका जेनजी प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।
बिहीबार दिनभर विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफलमा व्यस्त बालेनले साँझ जेनजीका प्रतिनिधिसँग भेटेका हुन् । भेटमा हामी नेपालका संयोजक सुदन गुरुङ पनि सहभागी थिए ।
जेनजी प्रतिनिधि खेमराज साउदका अनुसार जेनजीहरूले नयाँ भनिएका राजनीतिक र शक्तिहरू मिलेर जानुपर्ने सुझाव बालेनलाई दिएका छन् । आफू दलीय राजनीतिमा आएको जानकारी दिँदै बालेनले जेनजी रक्षा बमलाई सबै जेनजीलाई एक भएर आउन आग्रह गरेका थिए ।
बालेनले उनीहरूलाई आफ्ना सहयोगी कुमार बेनको घरमा भेटेका हुन् । अहिले बालेन त्यहाँबाट निस्किसकेका छ्न् । बेनको घरमा आज बालेनले करिब १२ घण्टा समय बिताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4