News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले देश विकास पार्टी नामक दल दर्ता गराइसकेका छन्।
- बालेनले रास्वपा र उज्यालो नेपालसँग वार्ता सकारात्मक नभए आफैँ पार्टी सञ्चालन गर्ने निर्णय गरेका छन्।
- उनको पार्टी कार्यालय ललितपुर ज्वागलमा स्थापना गरिएको छ र अफिस सेटअपको काम भइरहेको छ।
११ पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले बिहीबार विभिन्न राजनीतिक दल र जेनजीका प्रतिनिधिलाई बोलाएर भने– म दलीय राजनीतिमा आएँ ।
यसैको लागि बालेन आफैँ पार्टी सञ्चालन गर्ने या रास्वपा र उज्यालो नेपालसँग मिलेरअघि बढ्ने भन्नेमा अन्योलमा छन् ।
तर, बालेनले दुई दलसँग वार्ता सकारात्मक नभए आफैँ पार्टी सञ्चालन गर्ने निष्कर्ष निकालेर पार्टी कार्यालयसमेत स्थापना गरिसकेका छन् ।
बालेनसहितको संरक्षणमा लौरो चिन्ह नै राखेर निर्वाचन आयोगमा दल दर्ता गरिसकेका छन् । दलका नाम भने देश विकास पार्टी रहेको छ ।
त्यसो त गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा चुनाव लड्दा बालेनले लौरो चुनाव चिन्ह नै पाएका थिए ।
ललितपुरको ज्वागलमा बालेनको पार्टी कार्यालय छ । बिहीबार दिनभर बालेन ज्वागलमै रहेको आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर छलफल गरिरहे भने उनीनिकटका केही भने ज्वागलमै रहेको उक्त कार्यालयभित्र डेकोरेसनमा व्यस्त थिए ।
‘ज्वागलमा हाम्रो पूर्वतयारी थियो । सोहीअनुसार यो घर खोजिएको थियो,’ बालेननिकट स्रोतले भन्यो, ‘अब यहीँबाट सबैगतिविधि हुन्छ । अफिस सेटअपको काम थालिएको छ ।’
प्रतिक्रिया 4