+
+
Shares

रास्वपाको समानुपातिकतर्फका आकांक्षीको अन्तिम सूची सार्वजनिक

रास्वपाले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका ३८७ जना आकांक्षी उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १०:२९

११ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ ।

रास्वपाले शुक्रबार २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका ३८७ जना आकांक्षी उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।

रास्वपाका अनुसार उम्मेदवारका लागि ४१४ जना आकांक्षीहरूले पार्टीमा आवेदन दिएका थिए । जसमध्ये २७ जनाको नाम सार्वजनिक सूचीमा समावेश गरिएको छैन ।

सूचीमा नाम समावेश नगरिएकाहरूलाई भर्चुअल माध्यमबाट उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराइने रास्वपाले जनाएको छ ।

समानुपातिकतर्फका आकांक्षीबाट आवेदनका लागि प्रति व्यक्ति ५० हजार शुल्क तोकिएको थियो। त्यस अनुसार रास्वपाले दुई करोड ७ लाख रुपैयाँ संकलन गरेको छ ।

हेर्नुहोस् सूची-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?