+
+
Shares

प्रचण्ड भेट्न हात्तीवन पुगे सञ्चारमन्त्री

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री नेपाली कम्युनिस्ट पार्टिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न उनको निवास हात्तीबन पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १३:४९

११ पुस, काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न उनको निवास हात्तीवन पुगेका छन् ।

आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटिसकेर खरेल प्रचण्ड भेट्न पुगेका हुन् ।

भेटमा खरेलले फागुन २१ को निर्वाचन केन्द्रित छलफल भएको जानकारी दिए ।

त्यस्तै खरेलले भोलि शनिबार बालुवाटारमा तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले गर्ने भनिएको छलफलको निम्तो दिन पनि शीर्ष नेताको निवासमा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?