News Summary
Generated by OK AI. Editorially reviewed.- रीता रेग्मी उपाध्याय, 'माछी मार्न जाऔं न दाजै कालापानीमा' गीतकी गायिका, भारतको राजिव गान्धी अस्पतालमा क्यान्सर र मिगौला रोगको उपचार गराइरहेकी छिन्।
- उनी उपचारको क्रममा आर्थिक अभावमा सडकमा आइपुगेकी र ऋणले थिचिएको बताएकी छन् र आर्थिक सहयोगको माग गरेकी छन्।
- रीताले आफूलाई गुरुआमा ठानेर शिष्यहरूलाई गुरुदक्षिणाको रूपमा सहयोग गर्न आग्रह गरेकी छिन्।
काठमाडौं । धेरैले सुन्नुभएकै होला, डेढ दशकअघिको हिट गीत ‘माछी मार्न जाऔं न दाजै कालापानीमा !’
राष्ट्रियताको भाव जगाउने यो गीतलाई विधान श्रेष्ठ र जे पापीसँग मिलेर रीता रेग्मी उपाध्यायले गाएकी हुन् । यो गीत अहिले पनि उत्तिकै सान्दर्भिक र मर्मस्पर्शी सुनिन्छ ।
बागबजारको पद्मकन्या कलेजसहितमा २६ वर्षसम्म अनवरत पढाएकी उनै रीतालाई कुनै समय सो गीतले एकाएक चर्चामा ल्यायो । उक्त गीतमा पनि उनलाई देख्न सकिन्छ ।
सोही गीतकै गायिका तथा कलाकार रीता अहिले भारतको राजिव गान्धी अस्पतालमा छिन् । युट्युबर भोजराज थापाले रीतालाई भेटेर उनको स्वास्थ्य अवस्था र पछिल्लो उनको स्थितीलाई बाहिर ल्याएका छन् ।
रीताको भेटपछि सार्वजनिक भिडियोमा उनले आफूलाई तेस्रो स्टेजको क्यान्सर भएको र आफू मिगौला रोगी पनि भएको बताएकी छन् । उपचार गर्दागर्दै आफू सडकमा आइपुगेको र ऋणले थिचेको ब्यथा उनले सुनाएकी छिन् ।
उपचारको लागि आर्थिक अभाव भएपछि उनले सघाउन आग्रह गरेकी छन् । ‘कुनैबेला मसँग लाखौं पैसा हुन्थ्यो । मिहेनत गर्थेँ, दुःख गर्थे । तर म अहिले रोडमा आइसकेको छु । म यही रोडमा भौंतारिन्छु । म यही झोला भिर्र्छु’ उनले भनेकी छन्, ‘किड्नीको एकदमै बिरामी भएपछि म गलेँ । गुरुदक्षिणाको रुपमा अलिकति आर्थिक सहयोग मागेको छु ।’
क्यान्सरको उपचारको क्रममा किड्नीमा समस्या भएपछि आफू गलेको उनी बताउँछिन् । ‘मेरो बे्रस्ट काटेको हो । डाक्टरले क्लिनिकल्ली डेढ नै भनिसकेका थिए । तर म बाचेँ । उपचार गर्दा सबै पैसा सकियो । ऋणमा डुबेँ’ उनले भनिन् ।
उनले आफूलाई गुरुआमा ठानेर गुरुदक्षिणाको रुपमा सघाउन पनि शिष्यहरूलाई आग्रह गरेकी छन् ।
‘माछी मार्न जाऔं न दाजै कालापानीमा’ गीतलाई १३ वर्षअघि गायक जे–पापीको युट्युब च्यानलबाट रिलिज गरिएको थियो । त्यसपछि म्युजिक नेपालले आफ्नो च्यानलबाट सार्वजनिक गरेको हो ।
प्रतिक्रिया 4