+
+
Shares

४ रिटर्नी उम्मेदवार सिफारिस

पार्टीले गत पुस ४ गते जारी गरेको विशेष सर्कुलरअनुसार दुवै संगठनबाट दुई पुरुष र दुई महिलाको नाम सिफारिस गरिएको हो |

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १९:३४

११ पुस, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनीधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन रिटर्नी सेन्टर नेपाल र नेपाल रिटर्नी एशोसिएसन(समाजवादी) ले समानुपातिक तर्फ चार जना ‍उम्मेदवारमा सिफारिस भएका छन्|

पार्टीले गत पुस ४ गते जारी गरेको विशेष सर्कुलरअनुसार दुवै संगठनबाट दुई पुरुष र दुई महिलाको नाम सिफारिस गरिएको हो |

सिफारिस हुनेमा सेन्टरका तर्फबाट देवेन्द्र सम्बाहाम्फे र चेतना श्रेङ रहेका छन् भने समाजवादीबाट प्रविन पौडेल र अनिता कुमारी रहेका छन् |

संगठनको कमिटी तयार भै नसकेकाले दुवै संस्थाको फ्र्याक्सन इन्चार्ज र अध्यक्षले बिहीबार सर्वसम्मत नाम सिफारिस गर्ने निर्णय गरेको हो |

दुवै संगठनले पार्टीको निर्देशन तथा मापदण्ड पुर्‍याएर शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा सिफारिस पत्र पार्टी बुझाएको जनाएका छन् ।

दुवै संगठनले नाम, झन्डा र विधानलगायतका विषयमा सहमति गरिसकेको भए पनि संगठनको औपचारिक समायोजन पार्टी नेताहरूको व्यस्तताले रोकिएको छ |

संगठनले विदेशमा आर्जन गरिएको सीप, अनुभव र ऊर्जाको प्रयोग गर्दै पार्टीको मागअनुसार उम्मेदवार सिफारिस गरिएक एसोसिएसनका अध्यक्ष प्रविन पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?