+
+
Shares

‘नेपथ्य’ नेपाल टूर २०२६ : चार सहरमा ब्यान्ड गुञ्जिने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १२ गते १४:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांगीतिक समूह नेपथ्यले आगामी फेब्रुअरीमा हेटौंडा, बुटवल, चितवन र बन्दीपुरमा नेपाल टूर २०२६ गर्ने घोषणा गरेको छ।
  • नेपथ्यको पछिल्लो टूर अमेरिका, अस्ट्रेलिया, युरोप, बेलायत र जापानमा भएको थियो।
  • ब्यान्डको वर्तमान लाइनअपमा अमृत गुरुङ, ध्रुव लामा, सुविन शाक्य, नीरज गुरुङ, शान्ति रायमाझी र दिनेशराज रेग्मी छन्।

काठमाडौं । सांगीतिक समूह ‘नेपथ्य’ ले आगामी फेब्रुअरी महिनाको लागि ‘नेपथ्य नेपाल टूर २०२६’ को घोषणा गरेको छ ।

टूर तालिकाअनुसार ४ थलोमा ब्याण्ड गुञ्जिनेछ ।

४ फेब्रुअरीमा हेटौंडा, ७ मा बुटवल, १० मा चितवन र १४ फेब्रुअरीमा तनहुँको बन्दीपुरमा ब्यान्ड गुञ्जिन लागेको जनाइएको छ ।

ब्यान्ड पछिल्लोपटक अमेरिका, अस्ट्रेलिया, युरोप, बेलायत र जापानमा गुञ्जिएको थियो ।

ब्यान्डको वर्तमान लाइनअपमा प्रमुख गायक अमृत गुरुङ, ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?