+
+
Shares

उज्ज्वल सागरले लाइभ प्रस्तुतिसहित ‘मधुर झंकार’ म्युजिक भिडियो रिलिज गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संगीतकार उज्ज्वल सागरले आफ्नो गीत 'मधुर झंकार' को म्युजिक भिडियो ३० डिसेम्बरमा ललितपुरको झम्सिखेलस्थित मोक्षमा प्रिमियर गर्नेछन्।
  • सागरले सोही ठाउँमा १९ अप्रिलमा पहिलो लाइभ प्रस्तुति दिएका थिए भने डिसेम्बर ३० मा ब्यान्डसहित दोस्रो प्रस्तुति दिनेछन्।
  • कार्यक्रममा नरेन मोक्तान, रिदम बोगटी, जेम्स लामा दोङ, आयुष धिताल, अर्पण राई र देव जोशीले साथ दिनेछन् र टिकट मूल्य १ हजार रुपैयाँ रहेको छ।

काठमाडौं । गायक तथा संगीतकार उज्ज्वल सागरले आफ्नो गीत ‘मधुर झंकार’ को म्युजिक भिडियो डिसेम्बर ३० मा ललितपुरको झम्सिखेलस्थित मोक्ष मा प्रिमियर गर्ने भएका छन् । सो अवसरमा ब्यान्डसहित लाइभ प्रस्तुति पनि दिनेछन् ।

मोक्षमा उनको यो दोस्रो प्रस्तुति हुनेछ । यसअघि उनले १९ अप्रिलमा सोही ठाउँमा पहिलो लाइभ प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सागरलाई नरेन मोक्तान (गितार), रिदम बोगटी (ड्रम्स), रुपेश शाक्य (बाँसुरी), जेम्स लामा दोङ (बेस), आयुष धिताल (तबला), अर्पण राई (किबोर्ड) ले साथ दिनेछन् भने देव जोशीले साउन्ड इन्जिनियरको जिम्मेवारी सम्हाल्नेछन् ।

कार्यक्रमबारे जानकारी दिँदै ब्यान्ड म्यानेजर सरोजकुमार खड्काले भने, “यो कार्यक्रम रमाइलो र उच्च ऊर्जा भएको हुनेछ । उत्कृष्ट संगीत र साानदार माहोल रहनेछ, दर्शकले हरेक क्षण मन पराउनेछन् ।’

कार्यक्रमको टिकट मूल्य १ हजार रुपैयाँ छ भने रहेको छ र टिकट ‘सञ्जाल’ वेबसाइटमार्फत उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?