+
+
Shares

कम्युनिभर्सिटी र केयूबीच समुदाय केन्द्रित स्नातकोत्तर कार्यक्रम सञ्चालन सम्झौता

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा समुदाय केन्द्रित स्नातकोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयले सामाजिक नवप्रवर्तन तथा उद्यमशीलतामा समुदाय केन्द्रित स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरेका छन्।
  • विद्यार्थीहरूले हिमाल, पहाड र तराईंको यात्रा गरी स्थानीय परिवेशमा बसोबास गर्दै अध्ययन गर्नेछन्।
  • कार्यक्रममा नेपाली डायस्पोराका विज्ञहरूलाई मेन्टरका रुपमा संलग्न गरिनेछ।

१३ पुस, काठमाडौँ ।  नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा समुदाय केन्द्रित स्नातकोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । सामामजिक नवप्रवर्तन तथा उद्धमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम सुरु गर्नका लागि शुक्रबार सम्झौता भएको हो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति अच्युत वाग्ले, किंग्स कलेजका प्राचार्य नरोत्तम अर्यालबीच सम्झौता भएको हो ।

समुदायमै गएर अध्ययन गर्ने, सिक्ने र सिकेका कुरा अभ्यास गर्ने हेतुले तयार गरिएको यो कार्यक्रममा विद्यार्थीहरू नेपालको तीन भौगोलिक क्षेत्र हिमाल, पहाड, तराईंको यात्रा गर्दै सहभागी हुनेछन् ।

त्यस्तै विद्यार्थीहरूले समुदायमै बसोबास गरेर स्थानीय परिवेशमा घुलमिल हुँदै स्थानीय विषयवस्तुको अध्ययन गर्नेछन् ।

विद्यार्थीहरूको समग्र निकासलाई सहयोग गर्न यस कार्यक्रममा नेपाललगायत नेपाली डायस्पोराका विज्ञ तथा अनुभवी व्यक्तिहरूलाई मेन्टरका रुपमा संलग्न गराइनेछ ।

नेपाल कम्युनिभर्सिटीले अनुसन्धान र समुदाय-आधारित अघिल्ला कार्यक्रमबाट प्राप्त अनुभव, समुदायसँगको सहकार्य तथा सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा केन्द्रित दृष्टिकोण यस कार्यक्रमले प्रदान गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?