+
+
Shares

कुलमानले भने– सम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते ११:४७

१३ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक सबै शक्तिहरु एक हुनुपर्ने बताएका छन् । सके एकता, नसके कार्यगत एकता गरेर भए पनि जानुपर्ने उनको धारणा छ ।

आज बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कुलमानले भने, ‘सही नेतृत्वहरु, वैकल्पिक शक्तिहरु सबै एक भएर जानुपर्छ । सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौं । त्यसैले सबै नयाँ र मूलधारका शक्तिहरु एक भएर जान म आह्वान गर्छु ।’

नेपाली जनताको चाहना पनि यही भएको उनले बताए । ‘आजको दिन नेपाली जनताको सबै वैकल्पिक शक्तिहरु एक होस्, अगाडि बढोस् र नयाँ नेतृत्व दिओस् भन्ने चाहना छ । यसलाई हामी सबैले बुझेर त्यसतर्फ अगाडि बढ्नुपर्छ,’ वर्तमान सरकारका मन्त्री समेत रहेका घिसिङले भने ।

रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएकै दिन घिसिङको यो अभिव्यक्ति सार्वजनिक भएको हो । उनले बालेनसँग एकता तथा सहकार्यका लागि छलफल समेत अगाडि बढाएका थिए । तर रवि र बालेन एक हुँदा कुलमान भने अहिले छुटेका छन् ।

घिसिङले उज्यालो नेपाल पार्टी सम्मान र स्वाभिमान नमेटाइकन सबैसँगै सहकार्य गर्न तयार रहेको बताए । त्यसको गृहकार्य पनि भइरहेको भन्दै उनले केही दिनमै नतिजा आउने विश्वास व्यक्त गरे ।

‘सम्मानजनक उपस्थिति, आत्मसम्मान र जुन स्वाभिमान छ, त्यसलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छ । सहकार्य गरेरै अगाडि बढ्ने हो,’ उनले भने, ‘यसतर्फ धेरै कुराहरु भइरहेको छ र आगामी दिनमा त्यसको रिजल्ट पनि आउने म विश्वास व्यक्त गर्न चाहान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?