+

एनभीए भलिबल च्याम्पियनसिप : लगातार दुई जितसहित हेल्प नेपाल र पुलिस क्‍वाटरफाइनलमा

२०८२ पुष  १३ गते १७:३९ २०८२ पुष १३ गते १७:३९
एनभीए भलिबल च्याम्पियनसिप : लगातार दुई जितसहित हेल्प नेपाल र पुलिस क्‍वाटरफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेल्प नेपाल स्पोर्ट्स क्लबले मणिमुकुन्द भलिबल क्लबलाई हराउँदै दोस्रो जितसहित क्‍वाटरफाइनलमा प्रवेश गरेको छ।
  • नेपाल पुलिस क्लबले खिल्जी युवा क्लबलाई पराजित गर्दै दोस्रो जितसहित क्‍वाटरफाइनलमा पुगेको छ।
  • पुरुषतर्फ चार समूहमा ३-३ टोली मात्र रहेकाले २ खेल जित्ने टोली क्‍वाटरफाइनलमा पुग्ने प्रावधान रहेको छ।

१३ पुस, काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब लगातार दोस्रो जितसहित एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्‍वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार भएको पहिलो खेलमा समूह ए मा रहेको हेल्प नेपाल स्पोर्ट्स क्लबले मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्‍यो । हेल्प नेपालले मणिमुकुन्दलाई २५-१६, २५-१९ र २५-२२ को सेटमा हराएको हो ।

यसअघि शनिबार भएको खेलमा हेल्प नेपालले एपीएफ क्लबलाई पराजित गरेको थियो । आजको जितपछि समूह ए को विजेता बनेको छ ।

यस्तै आइतबार भएको दोस्रो खेलमा समूह ‘बी’ को नेपाल पुलिस क्लबले खिल्जी युवा क्लबलाई सोझो सेटमा पराजित गर्‍यो । खिल्जीविरुद्ध पुलिस २५-२१, २५-१६, २५-१६ को सेटमा हराएको हो ।

पुलिसले शनिबार पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा हराएको थियो । पुलिस समूह बी को विजेता रह्‍यो ।

पुरुषतर्फ चार समूहमा ३-३ टोली मात्र रहेकाले २ खेल जित्ने टोली क्‍वाटरफाइनलमा पुग्ने प्रावधान रहेको छ ।

एनभीए भलिबल च्याम्पियनसिप नेपाल पुलिस क्लब हेल्प नेपाल स्पोर्ट्स क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय