+
+
Shares

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते ९:३१

१४ पुस, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज (सोमबार) पनि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउँदै छन् ।

निर्वाचन आयोगले तोकेअनुसार समाुनपातिकतर्फको बन्दसूची बुझाउन सोमबार अन्तिम दिन हो ।

आयोगले २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि निर्धारण गरेको निर्वाचन कार्यक्रमअन्तर्गत आइतबारदेखि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउन सुरू गरिएको थियो ।

निर्वाचन कार्यक्रमअनुसार सोमबार कार्यालय समयभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्नेछ । आइतबार केही दलहरूले समानुपातिक बन्दसूची पेस गरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?