News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण भारतीय अभिनेता थलापति विजयले ३३ वर्षको करिअरपछि अभिनयबाट सन्यास लिने घोषणा गरेका छन्।
- विजयले मलेसियामा फिल्म 'जाना नायकन' को अडियो लन्चमा आफ्नो अन्तिम फिल्म हुने र राजनीतिमा ध्यान दिने बताए।
- उनले गत वर्ष तमिलगा वेट्री कजगम गठन गरेका थिए र सन् २०२६ को तमिलनाडु विधानसभा चुनाव लड्ने योजना सुनाए।
मुम्बई । दक्षिण भारतीय प्रसिद्ध अभिनेता थलापति विजयले अभिनयबाट सन्यासको घोषणा गरेका छन् । ३३ वर्षको करिअरपछि उनले फिल्म उद्योगबाट बिदाइ हुने निर्णय गरेका छन् ।
उनले १० वर्षको उमेरमा तमिल फिल्म ‘वेत्री’ मा बालकलाकारको रूपमा करिअर थालेका थिए । १८ वर्षको उमेरमा, उनले नालैया थीरपु (१९९२) फिल्मबाट अभिनयलाई पुनः निरन्तरता दिए ।
विजयले शनिबार मलेसियामा निर्देशक एच. विनोदको फिल्म ‘जाना नायकन’ को अडियो लन्चको क्रममा यो घोषणा गरेका हुन् । उनी हाल ५१ वर्षका छन् र ‘जाना नायकन’ उनको अन्तिम फिल्म हुनेछ ।
मञ्चबाट उनले अब पूर्ण रूपमा राजनीतिमा ध्यान केन्द्रित गर्ने घोषणा गरे । उनले गत वर्ष आफ्नो राजनीतिक दल तमिलगा वेट्री कजगम गठन गरेको र अब उनको दलले सन् २०२६ मा हुने तमिलनाडु विधानसभा चुनाव पनि लड्ने बताए ।
फ्यानलाई सम्बोधन गर्दै विजयले भने, “मेरो लागि एउटै कुरा मात्र महत्वपूर्ण छ । मानिस थिएटरमा आउँछन् र मेरो लागि लाइनमा उभिन्छन् । त्यसैले म अर्को ३०-३३ वर्षसम्म उनीहरूको लागि उभिन चाहन्छु । म यी फ्यानहरूको लागि सिनेमाबाट अवकाश लिँदैछु ।’
उनले आफ्नो करियरको पहिलो दिनदेखि नै सबै प्रकारका आलोचनाको सामना गर्नुपरेको बताए । यसका बाबजुद पनि उनका फ्यान सधैं उनको साथमा रहे । आफूले विगत ३३ वर्षमा पाएको माया र समर्थनलाई कहिल्यै नबिर्सनले उनले बताए ।
सन् २०१५ मा रिलिज भएको फिल्म ‘पुली’ पछि कुनै पनि फ्लप भएको छैनन् । बिस्ट (२०२२), वारिसु (२०२३), र द ग्रेटेस्ट अफ अल टाइम (गोट, २०२४) जस्ता फिल्मले मिश्रित समीक्षा पाए तर राम्रो आम्दानी गरे ।
प्रतिक्रिया 4