+

मेडिकल काउन्सिल निर्वाचन : सुरुदेखि पछि परेका डा.शेर्पाले लिए अग्रता

२०८२ पुष  १५ गते ९:३० २०८२ पुष १५ गते ९:३०
मेडिकल काउन्सिल निर्वाचन : सुरुदेखि पछि परेका डा.शेर्पाले लिए अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ र उपाध्यक्ष पदमा डा.कुन्जाङ शेर्पाले अग्रता बनाएका छन्।

१५ पुस, काठमाडौं । नेपाल मेडिकल काउन्सिल निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना अन्तिमतिर आउँदा उपाध्यक्ष पदमा डा.कुन्जाङ शेर्पाले अग्रता बनाएका छन् । १० हजार ४०० मतगणना भइसक्दा शेर्पाले ४४४६ मत पाएका छन् । उनका प्रतिस्पर्धी डा.गुरुशरण शाहले ३९२५ मत र अजयसिंह थापाले १६०२ मत प्राप्त गरेका छन् ।

मतगणनाको सुरुदेखि अग्रता बनाएका डा.शाह अन्तिमतिर आउँदा पछि परेका हुन् । अब करिब १५०० मत गन्न बाँकी छ ।

८ जना सदस्यका लागि भएको निर्वाचनमा डा.छविलाल पन्थी सबैभन्दा अगाडि छन् । उनलले ४२९३ मत पाएका छन् । उनलाई डा.सारिका गोइतले ४०३३ मतसहित पछ्याइरहेकी छिन् ।

निर्वाचनमा काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी कुल ११ हजार ९२२ मत खसेको थियो । तीमध्ये काठमाडौं उपत्यकामा ५ हजार ७६ मत र उपत्यका बाहिर ६ हजार ८४६ मत खसेको थियो ।

काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौं बाहिर ४ र ५ पुस र उपत्यकामा ११ र १२ पुसमा निर्वाचन भएको थियो ।

सदस्यतर्फ शीर्ष १० मा को–को ?

मेडिकल काउन्सिल निर्वाचन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय