+

ल्याबमा परीक्षण गर्न जाँदै हुनुहुन्छ ? ठगिनबाट बच्न ध्यान दिनुपर्ने ९ कुरा

२०८२ पुष  १ गते १९:२४ २०८२ पुष १ गते १९:२४

एउटै परीक्षणको मूल्य ल्याब अनुसार धेरै फरक हुन्छ । २–३ वटा विश्वसनीय ल्याबको मूल्य सोध्नुहोस् । अत्यधिक सस्तो छ भने पनि त्यहाँ शंकाले हेर्नुपर्ने हुन्छ।

Shares
ल्याबमा परीक्षण गर्न जाँदै हुनुहुन्छ ? ठगिनबाट बच्न ध्यान दिनुपर्ने ९ कुरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा डायग्नोस्टिक ल्याबहरूको संख्या तीव्र गतिमा बढिरहेको छ र केही ल्याबहरूले अनावश्यक परीक्षण र गलत रिपोर्ट दिने गरेका छन्।
  • राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)बाट दर्ता र मान्यता नभएका ल्याब अवैध मानिन्छन् र ठगीको जोखिम बढाउँछन्।
  • एनपीएचएलले ल्याबलाई ग्रेड र अन्तर्राष्ट्रिय प्रमाणपत्रको आधारमा वर्गीकरण गरेको छ, जसले गुणस्तर र विश्वसनीयता सुनिश्चित गर्छ।

आजभोलि स्वास्थ्यमा सामान्य समस्या देखिए पनि हामी सबैभन्दा पहिला गुगलमा खोज्छौं । आफ्नो लक्षण लेख्छौं, जस्तै टाउको दुख्ने, पेट दुख्ने वा थकाइ लाग्ने । गुगलले भएभरका सम्भावित रोगहरूको सूची देखाउँछ, जसमा सामान्यदेखि गम्भीर प्रकारका रोग सम्मका रोग हुन्छन् ।

डर लाग्छ, अनि हतार-हतार नजिकैको ल्याबमा गएर विभिन्न परीक्षण गराउँछौं । तर यो बानीले कहिलेकाहीँ अनावश्यक खर्च बढाउँछ । रोगको डरले गर्दा हामी ठगीको शिकार पनि भइरहेका हुन्छौं ।

नेपालमा डायग्नोस्टिक ल्याबहरूको संख्या तीव्र गतिमा बढिरहेको छ । सामान्य चेकअपदेखि जटिल रोग पहिचानसम्मको आधार नै ल्याब भएको छ ।

तर केही ल्याबहरू अनावश्यक परीक्षणहरू सिफारिस गर्ने, गलत रिपोर्ट दिने गर्नसक्छन् । साथै, सस्तो अफरमा फसाउने वा नेपालमै हुने टेस्टलाई विदेश पठाउनुपर्छ भनेर बढी पैसा असुल्ने जस्ता ठगीका घटना बढ्दै छन् ।

यस्तो ठगीबाट बच्न स्मार्ट तरिकाले अगाडि बढ्नु आवश्यक छ ।

१. ल्याबको आधिकारिक मान्यता जाँच गर्नुहोस्

नेपालमा कुनै पनि डायग्नोस्टिक ल्याब सञ्चालन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)बाट दर्ता र मान्यता अनिवार्य छ । ल्याब छान्नुअघि एनपीएचएलको आधिकारिक वेबसाइटमा गएर ल्याबको नाम खोज्न सकिन्छ ।

यदि दर्ता छैन भने त्यो अवैध हुन्छ र रिपोर्टको गुणस्तर तथा शुद्धतामा जोखिम हुनसक्छ । किनकि, धेरै ठगीका घटना यस्तै अवैध वा नक्कली ल्याबबाट हुन्छन् । साथै, ल्याबमा गएर दर्ता प्रमाणपत्र हेर्न सकिन्छ । यो सानो कदमले तपाईंलाई गलत रिपोर्ट वा अनावश्यक खर्चबाट बचाउँछ र विश्वसनीय स्वास्थ्य जाँच सुनिश्चित गर्छ ।

यदि दर्ता छैन भने त्यो अवैध हुन्छ र रिपोर्टको गुणस्तर तथा शुद्धतामा जोखिम हुनसक्छ । किनकि, धेरै ठगीका घटना यस्तै अवैध वा नक्कली ल्याबबाट हुन्छन् । साथै, ल्याबमा गएर दर्ता प्रमाणपत्र हेर्न सकिन्छ । यो सानो कदमले तपाईंलाई गलत रिपोर्ट वा अनावश्यक खर्चबाट बचाउँछ र विश्वसनीय स्वास्थ्य जाँच सुनिश्चित गर्छ ।

२. ल्याबको ग्रेड (क्याटेगोरी) हेर्नुहोस्

एनपीएचएलले ल्याबहरूलाई इन्फ्रास्ट्रक्चर, क्षेत्रफल, मेसिनको गुणस्तर, म्यानपावर र टेस्ट क्षमताका आधारमा ‘ए’ देखि ‘ई’ ग्रेडमा विभाजन गर्छ । ‘ए’ ग्रेडका ल्याबहरू सबैभन्दा उन्नत हुन्छन्, जहाँ हाई–एन्ड टेस्टहरू नेपालमै सम्भव हुन्छ । एनपीएचएलको वेबसाइटमै ग्रेड सूची हेर्न सकिन्छ ।

सकेसम्म ए वा बी ग्रेडका ल्याब छान्नुहोस् । किनकि कम ग्रेडमा मेसिन पुराना वा  कर्मचारी अयोग्य  हुन सक्छन्, जसमा रिपोर्ट सही नआउन पनि सक्छ  । यो जाँचले ठगीको जोखिम कम गर्छ र शुद्ध परिणाम पाउने सम्भावना बढाउँछ ।

३. एनएबीएल र आईएसओ १५१८९ प्रमाणपत्र खोज्नुहोस्

अन्तर्राष्ट्रिय स्तरको गुणस्तरका लागि ल्याबहरू एनएबीएल आईएसओ १५१८९ प्रमाणित हुनुपर्छ । नेशनल एक्रिडिएशन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याब्रोटोरिज (एनएबीएल)बाट मान्यता प्राप्त हुनुको अर्थ हो, प्रयोगशालाको परीक्षण, क्यालिब्रेशन, रिपोर्टिङ र टेक्निकल क्षमता विश्वासिलो हुनु ।

स्वास्थ्य, विज्ञान, उद्योग र अनुसन्धानमा यो प्रमाणपत्रले प्रयोगशालाको विश्वसनीयता सुनिश्चित गर्छ । यसले ग्राहक र नियामक निकाय दुवैलाई गुणस्तर र निष्पक्षताप्रति आश्वस्त बनाउँछ।

ल्याबको वेबसाइट, बोर्ड वा कार्यालयमा यी आईएसओं सर्टिफिकेट हेर्न सकिन्छ । नेपालमा एनपीएचएलजस्ता केही ल्याबहरू यो प्रमाणित छन् । आइएसओ नभएका ल्याबमा प्रक्रियामा त्रुटि हुनसक्छ, जसले गलत निदान र अनावश्यक उपचारमा बिरामीलाई धकेल्न सक्छ । यो प्रमाणपत्र भएको ल्याब छान्दा तपाईंको रिपोर्ट विश्वसनीय हुन्छ र ठगीबाट बच्न मद्दत गर्छ ।

४. टेस्ट नेपालमै हुन्छ कि विदेश पठाइन्छ त्यो सोध्ने

केही ल्याबहरूले ‘नेपालमै गर्छौं’ भन्दै नमूना भारत पठाउँछन्, जसले रिपोर्ट ढिलो आउँछ, नमूना बिग्रने जोखिम बढ्छ र बढी पैसा लाग्छ । नेपाल सरकारको नियमले नेपालमै हुने परीक्षण विदेश पठाउन बन्देज लगाएको छ । ल्याबमा स्पष्ट सोध्नुहोस् र लिखित जानकारी लिनुहोस् । विदेश पठाउँदा यातायातको तापक्रम नमिलेर रिपोर्टमा त्रुटी हुनसक्छ ।

नेपालमै हुने टेस्ट छान्दा छिटो, सस्तो र शुद्ध रिपोर्ट पाइन्छ । सावधानी अपनाएर यस्ता त्रुटी हुनबाट बच्नुहोस् ।

५. मेसिनको प्रकार हेर्नुहोस् 

ल्याबमा फुल्ली अटोमेटेड मेसिन भए रिपोर्ट छिटो र कम त्रुटी आउँछ । सेमी–अटोमेटेड वा म्यानुअल मेसिनमा मानवीय त्रुटि बढी हुन्छ । ल्याब भिजिट गर्दा मेसिनहरू हेर्नुहोस् र सोध्नुहोस् । पुराना वा म्यानुअल मेसिन भएका ल्याबमा गलत रिपोर्टको जोखिम उच्च हुन्छ ।

अटोमेटेड मेसिनले सटिक परिणाम दिन्छ र ठगी (जस्तै:- दोहोरो परीक्षण गराएर) कम गर्छ । यो जाँचले तपाईंको पैसा र स्वास्थ्य दुवै बचाउँछ । यस्तोमा प्रश्न आउन सक्छ, ल्याब मेसिन हेर्न मिल्छ, त ?  चिन्ता मान्न पर्दैन, राम्रो ल्याबले मेसिन देखाउन हिच्किचाउँदैनन्।

६. रिपोर्टमा सही गर्नेको योग्यता बुझ्नुहोस् 

रिपोर्टको अन्तिममा एउटा हस्ताक्षर हुन्छ, जसमा कसले नमुनाको जाँच गरेको भनेर पत्ता लाग्छ । त्यसैले, जाँच गर्नुअघि र पछि त्यहाँको योग्य प्याथोलोजिस्ट, माइक्रोबायोलोजिस्ट वा बायो केमिस्टको हस्ताक्षर बारेमा बुझ्न सकिन्छ ।

उनीहरूले तपाईंको क्लिनिकल इतिहाससँग रिपोर्ट मिलाएर शुद्धता जाँच गर्छन् । केवल प्राविधिक वा मेसिनबाट रिपोर्ट आए असामान्य परिणाम गलत हुन सक्छ । योग्य विज्ञले अनावश्यक डर वा गलत निदान रोक्छन् । यो नभएका ल्याबमा ठगी बढी हुन्छ। रिपोर्ट लिँदा साइन गर्नेको योग्यता हेर्नुहोस् । यसले विश्वसनीयता बढाउँछ र उपचारमा सहयोग गर्छ ।

७. मूल्य तुलना गर्नुहोस् र सस्तो अफरमा नफस्नुहोस्

एउटै परीक्षणको मूल्य ल्याब अनुसार धेरै फरक हुन्छ । २–३ वटा विश्वसनीय ल्याबको मूल्य सोध्नुहोस् । अत्यधिक सस्तो छ भने पनि त्यहाँ शंकाले हेर्नुपर्ने हुन्छ । कतिपय बजारमा यस्ता ल्याब पनि हुनसक्छन्, जो आंशिक टेस्ट गरेर बाँकी अनुमानले लेख्न सक्छन् । गुणस्तर अनुसारको मूल्य सामान्य हुन्छ । अनि भुल्न नहुने कुरा बिल माग्नुहोस् । यो तुलनाले अनावश्यक खर्च बचाउँछ र ठगीबाट जोगाउँछ ।

८. होम कलेक्सन र नमूना संकलनमा सावधानी अपनाउनुहोस्

आजभोलि आवश्यक परेको खण्डमा घरमै पुगेर नमूना संकलन गर्ने र नतिजा दिने सेवा पनि छ, जसलाई ‘होम कलेक्सन’ भनिन्छ । होम कलेक्सन लिँदा ल्याबको आधिकारिक कर्मचारी र आइटी कार्ड जाँच्नुहोस्। स्टेराइल सिरिन्ज, उपयुक्त भाइल र बार कोर्ड प्रयोग भएको छ कि हेर्नुहोस् ।

नमूना दूषित भए रिपोर्टमा त्रुटी आउँछ । ल्याबमा जाँदा पनि सफाइ र प्रक्रिया हेर्नुहोस् । रिपोर्ट लिँदा नाम, उमेर, लिङ्ग मिलेको जाँच्नुहोस् । यो सावधानीले संक्रमण र गलत परिणामको जोखिम कम गर्छ । धेरै त्रुटी नमूना ह्यान्डलिङमै हुन्छ । सुरक्षित संकलनले शुद्ध रिपोर्ट सुनिश्चित गर्छ ।

९. रिभ्यू पढ्नुहोस् र शंका लागे उजुरी गर्नुहोस्

गुगल रिभ्यू, फेसबुक वा साथीहरूबाट ल्याबको प्रतिष्ठा जाँच्नुहोस् । लामो समयदेखि चलेका र राम्रो रिभ्यू भएका ल्याब छान्नुहोस् । नयाँ वा नराम्रो रिभ्यू भएकामा रिपोर्टमा गल्ती हुने जोखिम बढी हुन्छ । गलत रिपोर्ट वा त्रुटी भए एनपीएचएल वा स्वास्थ्य मन्त्रालयमा उजुरी गर्नुहोस् ।

यो कदमले अरूलाई पनि बचाउँछ । रिभ्यू हेर्दा वास्तविक अनुभव थाहा हुन्छ र स्मार्ट निर्णय लिन मद्दत गर्छ । स्वास्थ्य जाँचमा सावधानी नै सबैभन्दा राम्रो सुरक्षा हो ।

जाँच ल्याब
डा. जीवन अधिकारी
लेखक
डा. जीवन अधिकारी
कन्सल्टेन्ट प्याथोलोजिस्ट, नेशनल प्याथ ल्याब

डा. अधिकारी नेशनल प्याथ ल्याबका विभागीय प्रमुख हुन्। प्याथोलोजीमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९७९३ हो ।      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

ल्याबमा परीक्षण गर्न जाँदै हुनुहुन्छ ? ठगिनबाट बच्न ध्यान दिनुपर्ने ९ कुरा

ल्याबमा परीक्षण गर्न जाँदै हुनुहुन्छ ? ठगिनबाट बच्न ध्यान दिनुपर्ने ९ कुरा

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

छाला चिलाउने मुख्य ६ कारण, चिलाउने समस्या रोक्न तत्काल के गर्ने ?

छाला चिलाउने मुख्य ६ कारण, चिलाउने समस्या रोक्न तत्काल के गर्ने ?

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’