+

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

२०८२ मंसिर  २९ गते १५:५३ २०८२ मंसिर २९ गते १५:५३
चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिकित्सकहरूले मुख पूरै छोपेर सुत्दा अक्सिजनको मात्रा १५ देखि २० प्रतिशतसम्म कमी हुने र निद्राको गुणस्तरमा असर पर्ने बताएका छन्।
  • यसरी सुत्दा शरीरमा कार्बनडाइअक्साइडको मात्रा बढ्ने, पसिना लाग्ने, छालाका समस्या र श्वासप्रश्वास सम्बन्धी जोखिम हुने चिकित्सकहरूले खुलाएका छन्।

जाडोको समयमा सुत्ने बेला बिछ्याउनामा पस्दा सुरुमा निकै चिसो महसुस हुन्छ । जब हाम्रो शरीरको तापक्रमले ओड्ने, ओछ्याउने तातो हुँदैन तलसम्म हामीलाई न्यानो अनुभव हुँदैन । यस्तो बेला सिरक तथा ओड्नेले पूरै मुख छोपेर सुत्ने बानी कतिपयमा हुन्छ । कसैकसैले सुत्दा अनुहारमा प्रकाश नपरोस् भनेर पनि पूरै अनुहार छोपेर सुत्ने गर्छन् ।

यसरी सुत्दा तत्काललाई केही न्यानो त हुन्छ तर यसरी मुख छोपेर सुत्नु धेरै कोणबाट हानिकारक हुने चिकित्सकहरू बताउँछन् ।

ओड्नेले पूरै अनुहार ढाकेर सुत्दा के हुन्छ त ?

चिकित्सकहरूका अनुसार यसरी मुख छोपेर सुत्दा हामीले श्वास फेर्दा लिने अक्सिजनको मात्रा १५ देखि २० प्रतिशतसम्म कमी हुन्छ । शरीरलाई आवश्यक अक्सिजन ग्रहण गर्नका लागि हाम्रो फोक्सोले धेरै बल लगाउनुपर्छ ।

यसले गर्दा श्वास फेर्न असजिलो महसुस हुने र बेलाबेला निद्रा खुल्ने हुन्छ । निद्राको गुणस्तरमा कमी आउँछ । बेचैनी महसुस हुने, चिडचिडापन हुने, श्वास फुल्ने समस्या हुनसक्छ ।

मुख पूरै ढाकेर सुत्ने बानी निरन्तर भइरहँदा बिहान जिउ भारी हुने, थकान महसुस हुने हुन्छ । यसका साथै टाउको दुख्ने र श्वास–प्रश्वाससम्बन्धी स्वास्थ्य समस्याको जोखिम धेरै हुन्छ ।

सिरकभित्र ताजा हावाको प्रवाह कम हुन्छ । श्वास फेर्दा हामीले फालेको हावा गुम्सिएर भित्रै बसेको हुन्छ । यसो हुँदा एक पटक फालेको हावा फेरि श्वास फेर्दा हामी भित्र तानिरहेका हुन्छौँ ।

यसले गर्दा शरीरमा आवश्यक अक्सिजन नपुग्ने र शरीरमा कार्बनडाइअक्साइडको मात्रा बढ्ने हुन्छ । यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउने जोखिम हुन्छ ।

यसरी सुत्दा आवश्यकता भन्दा बढी शरीरको तापक्रम बढ्छ । शरीर पसिनाले भिज्न सक्छ । गहिरो निद्राका लागि शरीरले केही चिसो वातावरण खाजेको हुन्छ । सुतेको बेला शरीरमा पसिना आएमा एकछिन पछि त्यही पसिनाका कारण बढी चिसो महसुस हुनसक्छ । शरीरमा पानीको मात्रा कम भएर तिर्खा लाग्न सक्छ ।

पसिनाका कारण कोही व्यक्तिलाई चिलाउने, छालामा दाग बस्ने, बिबिराहरू आउने जस्ता छालाका समस्या पनि हुनसक्छन् ।

यदि दम वा श्वास–प्रश्वास सम्बन्धी रोग भएका व्यक्ति भएमा पूरै मुख छोपेर सुत्ने बानी झनै हानिकारक हुनसक्छ । शरीरमा अक्सिजनको आपूर्ति कम भएर रोगले च्याप्न सक्छ । श्वास–प्रश्वास सम्बन्धी समस्या भएका र बालबालिकामा भने यो बानीले ज्यानै जोखिममा पनि पार्न सक्छ ।

के गर्ने ?

सबैभन्दा मुख्य कुरा पूरै मुख छोपेर सुत्ने बानी तत्काल हटाउनुपर्छ । कतिपयलाई लामो समयदेखि बानी परेकाले अनुहार नछोपी निदाउन केही दिन कठिन हुनसक्छ, बिस्तारै बानी पार्दै जानुपर्छ ।

तातोका लागि नाक, मुख समेत छोपेर सुत्नुको सट्टा कोठालाई न्यानो बनाउने सुरक्षित विधिहरू अपनाउन सकिन्छ । टाउको तथा कानहरू छोप्ने गरी टोपी लगाउने र अनुहार खुल्ला राखेर सुत्दा थप न्यानो र सुरक्षित हुन्छ । सुत्नु भन्दा अगाडि केही मिनेट शरीर तताउने कसरतहरू गरेमा बिस्तारामा पस्दा चिसो महसुस हुँदैन ।

सुत्नेबेला सकेसम्म कोठा अँध्यारो राख्ने । कुनै बाहिरी प्रकाशको कारण निदाउन कठिन परेको छ भने आँखा ढाक्ने मास्कको प्रयोग गर्न सकिन्छ ।

जाडो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?