News Summary
Generated by OK AI. Editorially reviewed.- स्मार्ट हेल्थ क्लिनिकले आफ्नो पहिलो वार्षिकोत्सवमा ७ दिने हेल्थ मेला सञ्चालन गरेको छ।
२९ मंसिर, काठमाडौं । स्मार्ट हेल्थ क्लिनिकको ७ दिने स्मार्ट हेल्थ मेला सुरु भएको छ । क्लिनिकले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा हेल्थ मेला सञ्चालन गरेको हो । मेलामा निःशुल्क कोलेस्टेरोल जाँच, इसिजी, ब्लड सुगर, मुटु रोग शिविर र बाल रोग शिविर सञ्चालन भइरहेको क्लिनिकका प्रबन्ध निर्देशक विमल न्यौपानेले जानकारी दिए ।
ल्याबका हरेक परीक्षणमा ४० प्रतिशत छुट सुविधासहित निःशुल्क स्क्रिन परीक्षण, दाँत परीक्षण हुनेछ । बच्चाहरूका लागि विभिन्न खेलहरूमार्फत स्वास्थ्य गतिविधिहरू सञ्चालनमा छन् ।
सोमबार मेलाको सुभारम्भमा आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए । यो स्वास्थ्य मेला ५ पुससम्म सञ्चालन हुनेछ । स्मार्ट हेल्थ क्लिनिक कागेश्वरी मनोहराको-९ सनसिटी रोडको हिमालय टोलमा रहेको छ ।
क्लिनिकले एक वर्षको अवधिमा १० हजारभन्दा बढीलाई सेवा दिएको प्रबन्ध निर्देशक न्यौपानेले बताए । उनका अनुसार एक वर्षमा ३०० भन्दा बढी स्थानमा शिविर सञ्चालन गरी १२ हजारभन्दा बढी व्यक्तिहरूको निःशुल्क सुगर र ब्लड प्रेसर जाँच गरिएको छ ।
साथै ३०० भन्दा बढी इको तथा २५०० भन्दा बढीलाई भिडियो एक्स–रे सेवा उपलब्ध गराएको न्यौपानेले बताए । निकट भविष्यमा ५ शय्याको सेवा उपलब्ध गराई नमूना अस्पताल सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया 4