+
+
Shares

पार्टी गठन पछि प्रलोपाको केन्द्रीय समितिको पहिलो बैठक बोलाइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रगतिशील लोकतान्त्रिक पार्टीले पुस १ र २ गते नयाँ बजारस्थित सासा व्यान्क्वेटमा केन्द्रीय समितिको बैठक बोलाएको छ।
  • बैठकमा विधान, संगठन, प्रतिवद्धता पत्र र राजनीतिक दस्तावेजमा छलफल हुने प्रलोपाका नेताहरूले जानकारी गराएका छन्।
  • प्रलोपाको केन्द्रीय समिति १५१ सदस्यीय र पाँच सदस्यीय अध्यक्ष परिषद् बनाइएको छ।

२९ मंसिर, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । पुस १ र २ गते (भोलि र पर्सि) बस्ने भएको छ ।

दुईदिन बस्ने बस्ने बैठकमा विधान, संगठन, प्रतिवद्दता पत्र, राजनीतिक दस्तावेज लगायतमा छलफल हुने प्रलोपाका नेताहरूले जानकारी गराएका छन् । बैठक नयाँ बजारस्थित सासा व्यान्क्वेटमा बस्ने भएको छ ।

नवगठित प्रलोपाको केन्द्रीय समिति १५१ सदस्यीय बनाइएको छ । प्रलोपाले पाँच सदस्यीय अध्यक्ष परिषद् बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?