+
+
Shares

समानुपातिकको सूचीलाई अन्तिम रूप दिन रास्वपा केन्द्रीय समिति जारी

रास्वपाले आन्तरिक प्रतिस्पर्धाबाट तथा प्राथमिक निर्वाचनबाट आएको समानुपातिक सूचीलाई अन्तिम रुप दिन लागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १५:४८

१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा अहिले बैठक चलिरहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार, समानुपातिकतर्फको सूचीलाई अन्तिम रूप दिन बैठक बसेको हो ।

रास्वपाले आन्तरिक प्रतिस्पर्धाबाट तथा प्राथमिक निर्वाचनबाट आएको समानुपातिक सूचीलाई अन्तिम रुप दिन लागेको हो ।

निर्वाचन आयोगले आजसम्मका लागि समानुपातिकको अन्तिम सूची बुझाउने मिति तोकेको छ ।

जस अनुसार, बन्दसूची पेश गर्नका लागि दलहरू अन्तिम तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?