News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ प्रारम्भिक मतदानबाट प्राप्त मत सार्वजनिक गरेको छ।
- खस आर्यतर्फ सहप्रवक्ता रमेश प्रसाईंले १८ हजार २२३ मत प्राप्त गरेका छन्।
- समानुपातिकतर्फ ४१४ जनाले आवेदन दिएका थिए र विभिन्न चरणमा कार्यमा संलग्न गरिएका थिए।
१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा समानुपातिकतर्फका आकांक्षीले प्रारम्भिक मतदानबाट प्राप्त गरेको मत सार्वजनिक गरेको छ ।
शनिबार बिहान ७ बजेदेखि सुरु गरी सोमबार बिहान १० बजे सकिएको प्रारम्भिक मतदानमा सर्वाधिक मत सहप्रवक्ता रमेश प्रसाईंले प्राप्त गरेका छन् । खस आर्यतर्फ आवेदक प्रसाईंले १८ हजार २२३ मत प्राप्त गरेका छन् ।
खस आर्यमा पहिलोदेखि दशौं स्थानसम्म मत ल्याउनेहरूमा क्रमश: प्रसाईं, प्रमोद न्यौपाने, रञ्जु दर्शना, टीका संग्रौला (ज्वाला), लिमा अधिकारी, समीक्षा बाँस्कोटा, विपिनकुमार आचार्य, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र स्वस्तिका लामिछाने छन् ।
पूर्व सञ्चारकर्मी न्यौपानेले १४ हजार १६७ मत प्राप्त गरेका छन् भने विवेकशील साझाको पूर्वमहासचिव रञ्जु दर्शनाले १३ हजार ५५१ मत पाइन् । रास्वपा केन्द्रीय सदस्य ज्वालाले १३ हजार १०६ मत प्राप्त गरिन् ।
कोषाध्यक्ष अधिकारीले १२ हजार ७६० मत पाउँदा विवेकशील साझाबाट रास्वपामा प्रवेश गरेकी बाँस्कोटाले १२ हजार ४६ मत ल्याइन् ।
सहमहामन्त्री आचार्य १२ हजार २४५, केन्द्रीय सदस्य क्रान्तिशिखा ११ हजार ७८१, सहप्रवक्ता रावलले ११ हजार ७२१ मत ल्याइन् भने खस आर्यतर्फ दशौं स्थानको मत लामिछानेले ११ हजार ५४६ मत प्राप्त गरिन् ।
समानुपातिकतर्फ खस आर्यपछि आदिवासी जनजाति क्लस्टरतर्फ परेको थियो । जनजातितर्फ सर्वाधिक मत ल्याएर पहिलो स्थानमा रहेका उत्तमबहादुर गुरुङले १६ हजार १२ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा गायिका समेत रहेकी सत्यकला राईले १४ हजार २०१ मत प्राप्त गरिन् । यसै क्लस्टरमा टासी ल्होजोमले १३ हजार ७२, चौथो स्थानमा मिलन लिम्बुले १३ हजार ५९ प्राप्त गरेका छन् ।
जनजातिमा पाँचौदेखि दशौंसम्म रहेकाहरूमा क्रमश: सिर्जना श्रेष्ठले १२ हजार ४७५, निर्मला खिम्दिङले ११ हजार ७७२, एलिजा गुरुङले ११ हजार ४८९, मेघना श्रेष्ठले ११ हजार २३५, टिला खत्रीले १० हजार ५१९ र कुसुम महर्जनले ९ हजार ८९६ प्राप्त गरिन् ।
केन्द्रीय सदस्य विजय जैरुले दलिततर्फ पहिलो स्थानको मत ल्याएका छन् । जैरुले १३ हजार १४३ मत प्राप्त गरे । दोस्रो स्थानमा यस क्लस्टरमा अमृता विकले १० हजार ७३ मत प्राप्त गरेकी छन् ।
दलित क्लस्टरमा त्यसपछि क्रमश: सविना विश्वकर्मा, स्मृति सेञ्चुरी, अविता नेपालीले ल्याएका छन् ।
सविना विश्वकर्माले १२ हजार ८५६, स्मृति सेञ्चुरीले १२ हजार ७१० र पाँचौ स्थानको मत दलिततर्फ अविता नेपालीले १२ हजार २८५ मत ल्याइन् । यसै क्लस्टरमा सीता विश्वकर्माले ११ हजार २१५, डा रुपक विश्वकर्माले ११ हजार १५५, खिमा विकले ९ हजार ८३५ र चन्द्रकला विकले ९ हजार ७१९ मत प्राप्त ल्याएकी छन् ।
मधेशीतर्फ सबैभन्दा बढी मत पुनमकुमारी अग्रवालले प्राप्त गरेकी छन् । अग्रवालले १५ हजार ७४५ ल्याउँदा दोस्रो स्थानमा डा. अंकिता ठाकुरको मत १२ हजार ३२२ छ । तेस्रो स्थानमा ममता शर्माले ११ हजार ६३० मत ल्याइन् ।
थारु क्लस्टरमा प्रेमलाल चौधरीले सबैभन्दा बढी मत १७ हजार ४२५ मत प्राप्त गरे । दोस्रोमा चुमन चौधरीले १३ हजार ६१३ मत प्राप्त ल्याएका छन् । मुस्लिमतर्फ समिना मियाँले १५ हजार ९६७ मत परेको छ । अख्तर हुसेनले १५ हजार १५७, मोहम्मद हसरतले १४ हजार ४६३ मत ल्याए ।
रास्वपाबाट समानुपातिक उम्मेदवारका आकांक्षी रहेर ४१४ जनाले आवेदन दिएका थिए । आकांक्षीहरूलाई उम्मेदवार छनोट विधिअन्तर्गत विभिन्न चरणमा कार्यमा संलग्न गराइएको थियो ।F
प्रतिक्रिया 4