News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघ (एन्फा)ले माघ २८ गते अर्ली इलेक्सन गर्ने निर्णय गरेको छ।
- एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल २०८३ असार ६ गतेसम्म छ र विधानअनुसार ६ महिना थप गर्न मिल्छ।
- नेतृत्व पक्षले फिफा विश्वकप लक्षित गर्दै अर्ली इलेक्सनमा जाने निर्णय गरेको र विपक्षीले विरोध गरिरहेको बताएका छन्।
१६ पुस, काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठकबाट समय अगावै निर्वाचन (अर्ली इलेक्सन)मा जाने निर्णय भएको छ । आउँदो माघ २८ गते निर्वाचन गर्ने निर्णय भएको एक सदस्यले जानकारी दिए ।
२०७९ असारमा निर्वाचित भएको एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल २०८३ असार ६ गतेसम्म छ । एन्फा विधानअनुसार प्रतिकूल अवस्थामा बढीमा ६ महिना थप गर्न मिल्ने व्यवस्था छ ।
तर एन्फाले भने फिफा विश्वकपलाई लक्षित गर्दै अर्ली इलेक्सन गर्ने निर्णय गरेको हो । वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल नसकिँदै निर्वाचन मिति प्रस्ताव गर्नु ठिक नहुने प्रतिपक्षीहरुको भनाइबीच उक्त निर्णय गरिएको हो ।
एन्फा कार्यसमितिकै केही पदाधिकारीले जिल्ला र प्रदेशको चुनाव नभएको अवस्थामा चार वर्षे कार्यकाल सकिएपछि मात्रै निर्वाचन गर्न प्रस्ताव राखेका थिए । तर एन्फा नेतृत्वले बहुमतको आधारमा अर्ली ईलेक्सनमा जाने निर्णय गरेको हो ।
विपक्षीहरुले नेतृत्व अयोग्य भन्दै विरोध गरिरहेकोले अब अध्यक्षले अर्ली ईलेक्सनका लागि मैदान खुला गरेको नेतृत्व पक्षको भनाइ छ।
प्रतिक्रिया 4