+
+
Shares

काठमाडौंमा मनाइयो राष्ट्रिय पोशाक दिवस

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते १२:४८

१७ पुस, काठमाडौं । आज अंग्रेजी नयाँ वर्षको पहिलो दिन नेपालभर राष्ट्रिय पोशाक तथा राष्ट्रिय टोपी दिवस विभिन्न कार्यक्रमसहित भव्यताका साथ मनाइएको छ ।

नेपाली टोपी हाम्रो शान, हाम्रो पहिचान र मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक स्वाभिमानको पहिचान जस्ता नाराहरूसहित यो दिवस देशभर र विदेशमा रहेका नेपाली समुदायले उत्साहपूर्वक मनाएका छन् ।

जागरुक युवा अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानलगायतका संस्थाहरूको अगुवाइमा काठमाडौंका विभिन्न स्थानमा र्‍याली, सांस्कृतिक कार्यक्रम र प्रदर्शनी गरिएको छ ।

सहभागीहरूले दौरा-सुरुवाल, ढाका टोपी, भादगाउँले टोपी, गुन्यू-चोलो लगायतका परम्परागत नेपाली पोशाकमा सजिएर राष्ट्रिय पहिचानको संरक्षण र संवद्र्धनको सन्देश प्रवाह गरेका छन् ।

यो दिवसले नेपाली समाजमा राष्ट्रिय पोशाकप्रति युवा पुस्ताको आकर्षण बढाउँदै लगेको छ भने सरकारलाई पनि मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिन दबाब दिइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?