+
+
Shares

सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै जानुपर्छ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते १८:४२

१७ पुस, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् ।

नेपाल मगर संघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले आफ्नो मौलिक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजानुपर्ने बताएकी हुन् ।

संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको टोली प्रधानमन्त्री कार्कीलाई आउँदो माघेसङ्क्रान्तिमा आयोजना गरिने कार्यक्रममा सहभागिताको निम्तो दिन बालुवाटार आएको हो ।

उक्त टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले भने, ‘अब राजनीति होस् या सांस्कृतिक फाँट, युवालाई नै अघि सार्नुपर्छ । विविध मौलिक परम्परा र संस्कृति हाम्रा अमूल्य निधि हुन् । तिनको जगेर्ना गर्दै नयाँ पिँढीलाई हस्तान्तरण गर्दै जानुपर्छ ।’

उक्त टोलीमा सङ्घका पदाधिकारी, कलाकार तथा जेनजी अभियन्ता पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?