News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय महिला फुटबलर दीपा शाहीले बंगलादेशी महिला लिगमा राजशाही स्टार्स फुटबल क्लबका लागि डेब्यू गरेकी छन् ।
- दीपाले डेब्यू खेलमै चार गोल गरिन् र उनको टोलीले नसरिन स्पोर्ट्स एकेडेमीलाई १२-० ले हरायो ।
- दीपा शाही प्लेयर अफ द म्याच घोषित भइन् ।
२० पुस, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबलर दीपा शाहीले बंगलादेशको महिला फुटबल लिग डेब्यूमै ह्याट्रिक गरेकी छिन् ।
राजशाही स्टार्स एफसीबाट बंगलादेशको महिला फुटबल लिगमा डेब्यू गरेकी दिपाले उत्कृष्ट प्रदर्शन गर्दै नसरिन स्पोर्ट्स एकेडेमी विरुद्ध ४ गोल गरेकी हुन् ।
शनिबार भएको खेलमा राजशाहीले नसरिनलाई १२-० को फराकिलो अन्तरले पराजित गरेको हो । दिपाले १६औं मिनेटमा पहिलो गोल गरेकी थिइन् । त्यसपछि ५८औं र ८०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी उनले ८४औं मिनेटमा चौथो गोल गरिन् । दिपा प्लेयर अफ दि म्याच नै घोषित भइन् ।
राजशाहीबाट दिपासहित नेपाली डिफेण्डर विमला विकले पनि डेब्यु गरेकी थिइन् ।
त्यसअघि नेपाली राष्ट्रिय टोलीका दुई डिफेण्डर पुजा राना र समीक्षा घिमिरेले फरासगन्ज एफसीबाट लिगमा डेब्यु गरेका थिए ।
उक्त खेलमा फरासगन्जले ढाका रेन्जर्स एफसीलाई १० -० ले पराजित गरेको थियो ।

प्रतिक्रिया 4