+

इतिहादको फराकिलो जितमा प्रीतिको एक गोल

२०८२ पुष  २० गते ९:४२ २०८२ पुष २० गते ९:४२
इतिहादको फराकिलो जितमा प्रीतिको एक गोल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय फुटबलर प्रीति राई सम्मिलित अल इतिहाद एफसीले जोर्डन महिला लिगमा नशामा अल मुस्तकबाललाई ७-१ ले हराएको छ।
  • प्रीतिले खेलको ४९औं मिनेटमा गोल गरेकी थिइन्।
  • यो जित क्लब इतिहासमै हालसम्मको फराकिलो जित भएको क्लबले जनाएको छ र जितसँगै अल इतिहाद लिगको शीर्षस्थानमा उक्लिएको छ।

२० पुस, काठमाडौं । नेपाली राष्ट्रिय फुटबलर प्रीति राई सम्मिलित अल इतिहाद एफसीले जोर्डन वुमन्स प्रो-लिगमा फराकिलो जित हासिल गरेको छ ।

अल इतिहादले नशामा अल मुस्तकबाललाई ७-१ को फराकिलो अन्तरले हराएको हो । प्रीतिले खेलको ४९औं मिनेटमा गोल गरेकी थिइन् ।

माई स्वेइलेमले ह्याट्रिकसहित ४ गोल गरिन् । युजेनिया टेटेह र लिन बीटोसले समान एक गोल गरे ।

यो जित क्लब इतिहासमै हालसम्मको फराकिलो जित भएको क्लबले जनाएको छ ।

जितसँगै इतिहाद लिगको शीर्षस्थानमा पनि उक्लिएको छ ।

प्रीति राई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय