२० पुस, बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले रुपन्देही क्षेत्र नं १ र ५ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।
रुपन्देही क्षेत्र नं १ क्षेत्रीय समन्वय कमिटीको बैठकबाट पार्टी केन्द्रीय कमिटी सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्मा, दधिराम न्यौपाने र डा.कृष्ण न्यौपाने सिफारिस भएका छन् । छविलाल २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट संघीय सांसद निर्वाचित भएका थिए ।
दधिराम र कृष्ण न्यौपाने भने २०७४ को चुनावमा प्रदेश सभामा निर्वाचित भएका थिए । दधिराम २०७९ को चुनावमा पनि प्रदेश सभा सदस्य उम्मेदवार भएपनि पराजित भएका थिए ।
यस्तै रुपन्देही क्षेत्र नं ५ बाट पुर्व राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई एकल सिफारिस भएका छन् ।
भट्टराई २०७९ को निर्वाचनमा पनि करिब डेढ वर्ष राष्ट्रियसभाको म्याद छँदै राजीनामा दिएर टिकट लिई उम्मेदवारी दर्ता गरेका थिए ।
एमालेकै वासुदेव घिमिरेले पनि टिकट पाएर सोही क्षेत्रमा उम्मेदवारी दर्ता गरेका थिए । तर निर्वाचन आयोगले पहिले दर्ता गरेको आधारमा बासुदेवको उम्मेदवारीलाई सदर गरिदिएको थियो ।
यसअघि आजै रुपन्देही २ बाट पार्टी उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार सिफारिस भएका थिए ।
प्रतिक्रिया 4