+
+
Shares

खिम्ती-२ हाइड्रोपावरका कर्मचारीबीच कुटाकुट, तीन जना घाइते

प्रहरीका अनुसार सामान्य वादविवादलाई लिएर दुई समूहबीच कुटाकुट हुँदा तीन जना घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते २०:२१
प्रतीकात्मक तस्वीर

२१ पुस, काभ्रेपलाञ्चोक । दोलखाको जिरी ९ उर्लेनीमा रहेको खिम्ती २ हाइड्रोपावरमा काम गर्ने कर्मचारीहरू बीच कुटाकुट भएको छ ।

सामान्य वादविवादलाई लिएर एक आपसमा कुटाकुट हुँदा तीन जना घाइते भएका छन् ।

दोलखा प्रहरीका अनुसार कुटपिटबाट सुर्खेतको भेरीगंगाका ३७ वर्षीय खड्कबहादुर बस्नेत, रामेछापको उमाकुण्ड-१ का २८ वर्षीय जगत बस्नेत र दोलखाको जिरीका २६ वर्षीय सुभाष तामाङ घाइते भएका छन् ।

घाइते तीनै जनालाई उपचारका लागि जिरी अस्पताल लगिएको दोलखा प्रहरीका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए ।

कुटपिटमा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको उनले बताए ।

पक्राउ पर्नेमा रामेछाप गोकुलगंगाका २६ वर्षीय कमानसिंह तामाङ, बाँके राजपुरका २२ वर्षीय राम गुरुङ र नवलपरासी बर्दाघाटका २४ वर्षीय नवीन उपाध्याय रहेका छन् ।

कर्मचारीहरूबीच के कारणले विवाद भएको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?