+
+
Shares

एमाले सचिवालय बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १०:२३
Listen News
0:00
0:30
🔊

२२ पुस, काठमाडौ‍ं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको नेताहरुले बताएका छन् ।

बैठकमा आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन तथा पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे पनि छलफल हुने बताइएको छ ।

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा बोलाइएको छ ।

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते र प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?