+
+
Shares

राष्ट्रिय सभामा कांग्रेससँग तालमेल गर्ने एमाले निर्णय, उम्मेदवार छान्ने जिम्मा ओलीलाई

राष्ट्रिय सभा निर्वाचनमा एमालेले नेपाली कांग्रेससँग तालमेल गर्नेबारे छलफल  भइरहेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभा निर्वाचनमा एमालेले नेपाली कांग्रेससँग सातै प्रदेशमा एक/एक जना उम्मेदवार दिने विषयमा तालमेल गर्ने छलफल भइरहेको छ।
  • पार्टी उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकमा अध्यक्ष ओलीले यसबारे जानकारी गराएको बताए।
  • अध्यक्षलाई नै उम्मेदवार टुंग्याउने जिम्मा दिने निर्णय भएको छ।

२२ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा एमालेले नेपाली कांग्रेससँग तालमेल गर्नेबारे छलफल  भइरहेको जनाएको छ । पार्टी उपमहासचिव लेखराज भट्टले आजको सचिवालय बैठकमा यसबारे अध्यक्ष ओलीले जानकारी गराएको बताए ।

‘अध्यक्षलाई नै उम्मेदवार टुंग्याउने जिम्मा दिने निर्णय भएको छ । सातैवटा प्रदेशमा एक/एक जना उम्मेदवारी दिने गरी कांग्रेससँग छलफल भइरहेको छ’ उनले भने । राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता भोलि हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?