News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले चुनावलाई लक्षित गरी प्रदेश र जिल्ला इन्चार्जहरू तोकेको छ।
- सचिवालय बैठकले शेरधन राईलाई कोशी, लिला श्रेष्ठलाई मधेश प्रदेश इन्चार्ज बनाएको छ।
- संगठन कामको जिम्मेवारी भानुभक्त ढकाललाई दिइएको छ र ७७ जिल्लामा पनि इन्चार्ज तोकिएका छन्।
२२ पुस, काठमाडौ । नेकपा एमालेले चुनावलाई लक्षित गरी अस्थायी कार्य विभाजन गरेको छ ।
सचिवालय बैठकले प्रदेश र जिल्ला इन्चार्जहरू तोकेको हो । उपमहासचिव लेखराज भट्टका अनुसार शेरधन राई कोशी, लिला श्रेष्ठ मधेश, महेश बस्नेत बागमती, राजन भट्टराई राजधानी, खगराज अधिकारी गण्डकी, यामलाल कँडेल कर्णाली र गणेश ठगुन्ना सुदूरपश्चिम प्रदेश इन्चार्ज बनेका छन् ।
बैठकले संगठन कामको जिम्मेवारी भानुभक्त ढकाललाई दिएको छ । अरु ७७ वटै जिल्लामा पनि इन्चार्ज तोकिएका छन् । तर दिइएको जिम्मेवारी अस्थायी हुने नेताहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4