+
+
Shares

गोंगबुको होटलमा लागुऔषधको कारोबार, समातिए २ युवा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १४:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको गोंगबुस्थित होटलमा लागुऔषध खैरो हेरोइन बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेहरूमा नुवाकोटका २६ वर्षीय महेन्द्र तामाङ र बाग्लुङकी २२ वर्षीया निरुता अदेही मगर छन्।
  • उनीहरूबाट ७.२१ ग्राम खैरो हेरोइन र लागु औषध तौलनले मेसिन बरामद गरिएको प्रहरीले बताएको छ।

२२ पुस, काठमाडौं । गोंगबुको एक होटलमा लागुऔषध खैरो हेरोइन बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २६ वर्षीय महेन्द्र तामाङ र बाग्लुङको ढोरपाटन नगरपालिका घर भएकी २२ वर्षीया निरुता अदेही मगर छन् ।

उनीहरूबाट ७.२१ ग्राम खैरो हेरोइन र लागु औषध तौलनले मेसिन बरामद भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?