२२ पुस, काठमाडौं । माघे संक्रान्ति आउन दिन मात्रै बाँकी छ । काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीहरू चाकु बनाउन भ्याइनभ्याइमा देखिन्छन् ।
माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलन छ । टोखा नगरपालिकामा सञ्चालित उद्योगहरूमा व्यवसायीहरू व्यस्त देखिन्छन् ।
टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ ।
नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्य:’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती तथा चाकु उत्पादनको लागि प्रसिद्ध ठाउँ हो ।
चाकुको माग अत्यधिक भए पनि बजारसम्म पुर्याउन भ्याइनभ्याइ भएको उद्योगीहरू बताउँछन् ।
टोखाका उद्योगमा हाल सादा चाकु मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् ।
नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै, नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ । चाकु चिसो लागेका बेला पनि खाने चलन छ ।




















प्रतिक्रिया 4