+
+
Shares

राष्ट्रिय सभा निर्वाचन : नेकपाले कोशीका ३ वटै पदमा उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १२:२७
नेकपा कोशी प्रदेशका नेता हर्कबहादुर लिम्बू ।

२३ पुस, विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले एकल उम्मेदवारी दिने भएको छ । नेकपा कोशी प्रदेशका नेता हर्कबहादुर लिम्बूका अनुसार कोशी प्रदेशमा तीनवटै पदमा नेकपाले उम्मेदवारी दिन लागेको हो ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र जनता समाजवादी पार्टी(जसपा)नेपालबीच तालमेलको निर्णय भएको थियो । तर, तालमेलबाट नेकपा बाहिरिएको छ ।

नेता लिम्बुका अनुसार पार्टीकोतर्फबाट अन्यतर्फको कोटामा संखुवासभाका हेमराज घिमिरे उम्मेदवार बन्नेछन् । दलिततर्फ मोरङका खेमराज सुन्दासलाई अघि सारेको छ । महिलातर्फको उम्मेदवार भने टुंगो लाग्न बाँकी छ । उम्मेदवार टुङ्गो लगाएर मनोनयन दर्ता गर्ने उनले बताए ।

कांग्रेस एमालेसहित तालमेल हुँदा नेकपाले कोशीमा उम्मेदवारी नदिने तयारी थियो । तर, भागबन्डामा कुरा नमिलेपछि सबै क्षेत्रमा नेकपाले उम्मेदवारी दिने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?