+
+
Shares

सिफारिस नै नभएका तीन जनालाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

नेपाली कांग्रेसले मातहतको संरचनाबाट सिफारिस नभएका तीन जनालाई राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १३:१७

२३ पुस, काठमाडौं । नेपाली कांग्रेसले मातहतको संरचनाबाट सिफारिस नभएका तीन जनालाई राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ ।

कांग्रेस-एमाले वीचमा तालमेल गर्ने निर्णय अनुसार कांग्रेसको भागमा ९ जना छुट्याइएको थियो । कांग्रेसले बुधबार टुंगाएका ९ उम्मेदवारमा तीन जना भने तल्लो तहबाट सिफारिस नभई केन्द्रबाट तोकिएको थियो । गीता देवकोटा, धमेन्द्र पासवान र जगत तिमिल्सिनाको नाम तल्लो तहबाट सिफारिस नआएको कांग्रेस नेताहरूले जानकारी गराएका छन् ।

देवकोटा नेता डा.शेखर कोइराला पक्षबाट उम्मेदवार बनेकी छन् । पासवान संस्थापन पक्षका हुन् । उनलाई सहमहामन्त्री महेन्द्र यादवको जोडबलमा उम्मेदवार बनाइएको कांग्रेस स्रोतले जानकारी दियो । कांग्रेसनिकट प्राध्यापक संघमा आवद्ध तिमिल्सना संस्थापन पक्षका हुन् ।

चयन भएको उम्मेदवारमा जनजातिबाट एक जना पनि नपरेकोप्रति महामन्त्री गगन थापाले असहमति राखेका छन् । उम्मेदवारको टुंगो लागेसँगै पत्रकारसँग कुरा गर्दै महामन्त्री नेताहरूले भागवण्डा गरेको भन्दै आपत्ति जनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?