२३ पुस, बुटवल । आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन ।
राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८२ का निर्वाचन अधिकृतको कार्यालय घोराहीमा पुगेर उनीहरूले मनोनयन दर्ता गरेका हुन् । मनोनयन दर्ता अघि कांग्रेस र एमालेले संयुक्त र्याली निकालेका थिए ।
गठबन्धनबाट एमालेकी रामकुमारी झाँक्री, कांग्रेसका बासुदेव जंगली घिमिरे र चन्द्र केसीले मनोनयन दर्ता गराएका हुन् ।
झाँक्री महिला क्लस्टरबाट, जंगली अपाङ्गता क्लस्टरबाट र केसीले अन्य क्लस्टरबाट मनोनयन दिएका हुन ।
झाँक्रीको प्रस्तावकमा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी र सोही पालिकाका उपप्रमुख हुमाकुमारी डिसी समर्थक बसेकी छिन ।
यस्तै जंगलीको प्रस्तावकमा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री र बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी समर्थक रहेका छन ।
केसीको प्रस्तावकमा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु र समर्थकमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत रहेका छन ।
नेकपाबाट तीन जनाको मनोनयन
यस्तै नेकपाबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
अपाङ्गता क्लस्टरमा बाँके बैजनाथ ५ निवासी सर्जन बिकले उम्मेदवारी दिएका हुन् । जसको प्रस्तावकमा प्रदेश सभा सदस्य दिपेन्द्र घर्ती र समर्थकमा प्रदेश सभा सदस्य दिलकुमारी बुढा छिन् ।
अन्य कलस्टरबाट बृहस्पति अधिकारीले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तापकमा लुम्बिनी प्रदेश सभा सदस्य यमबहादुर नेपाली, समर्थकमा अर्का प्रदेश सभा सदस्य मीना बुढा छिन् ।
महिला कलस्टरबाट दुर्गा भण्डारीले उम्मेदवारी दिएकी छिन् । उनको प्रस्तापकमा प्रदेश सभा सदस्य इन्द्रजीत चौधरी र समर्थकमा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा रहेका छन् ।
राजमोले पनि दियो उम्मेदवारी
यस्तै लुम्बिनी प्रदेश राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट अन्य कलस्टरमा बोमबहादुर खत्री र महिला कलस्टरमा पद्मा पण्डितले उम्मेदवारी दिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले मनोनयन दर्ता गरेका हुन ।
प्रतिक्रिया 4