+
+
Shares

सुदूरपश्चिममा कांग्रेसका खातीको उम्मेदवारी दर्ता

कांग्रेस र एमालेबीच भएको सहमति अनुसार खातीले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १४:५५

२३ पुस, धनगढी । राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खातीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस र एमालेबीच भएको सहमति अनुसार खातीले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पदमबहादुर शाहीको प्रस्ताव र एमालेका चक्रबहादुर मल्लको समर्थनमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गठबन्धनको तर्फबाट यसअघि एमालेकी लिला भण्डारीले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट महिलामा रJजी बस्नेत र अन्यमा टिकाराम जैशीले उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?