२३ पुस, धनगढी । राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ ।
कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार महिलातर्फ एमालेकी लिला भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन ।
भण्डारीले प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रस्ताव र सन्तोष शर्मा थापाको समर्थनमा उम्मेदवार दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसअघि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट महिलामा रोजी बस्नेत र अन्यमा टिकाराम जैशीले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका खम्मबहादुर खातीले भने अन्यमा उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4