+
+
Shares

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कांग्रेस, एमाले, नेकपा र राजमोले गरे उम्मेदवारी दर्ता

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र एमालेको गठबन्धन, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मनोनयन दर्ता गराएका छन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १७:२५

२३ पुस,बुटवल । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र एमालेको गठबन्धन, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८२ का निर्वाचन अधिकृतको कार्यालय घोराहीमा पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन् । कांग्रेस र एमाले संयुक्त र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

नेपाली कांग्रेस र नेकपा एमालेबीचको तालमेलअनुसार एमालेकी रामकुमारी झाँक्री, नेपाली कांग्रेसका तर्फबाट बासुदेव जंगली घिमिरे र चन्द्र केसीले मनोनयन दर्ता गराएका हुन् ।

झाँक्री महिला क्लस्टरबाट, जंगली अपांगता क्लस्टरबाट र केसीले अन्य क्लस्टरबाट मनोनयन दिएका हुन् । झाक्रीको प्रस्तावकमा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी र सोही पालिकाका उपप्रमुख हुमाकुमारी डिसी समर्थक बसेकी छिन् ।

यस्तै जंगलीको प्रस्तावकमा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री र बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी समर्थक रहेका छन् । केसीको प्रस्तावकमा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु र समर्थकमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत रहेका छन् ।

यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । अपांगता क्लस्टरमा बाँके बैजनाथ ५ निवासी सर्जन बिकले उम्मेदवारी दिएका हुन् । जसको प्रस्तावकमा प्रदेश सभा सदस्य दिपेन्द्र घर्ती र समर्थकमा प्रदेश सभा सदस्य दिलकुमारी बुढा छिन् । अन्य कलस्टरबाट बृहस्पति अधिकारीले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावकमा लुम्बिनी प्रदेश सभा सदस्य यमबहादुर नेपाली, समर्थकमा अर्का प्रदेश सभा सदस्य मीना बुढा छिन् ।

महिला कलस्टरबाट दुर्गा भण्डारीले उम्मेदवारी दिएकी छिन् । उनको प्रस्तावकमा प्रदेश सभा सदस्य इन्द्रजीत चौधरी र समर्थकमा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा रहेका छन् ।
राजमोले पनि दियो उम्मेदवारी

यस्तै लुम्बिनी प्रदेश राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट अन्य कलस्टरमा बोमबहादुर खत्री र महिला कलस्टरमा पद्मा पण्डितले उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?