+
+
Shares

राष्ट्रिय सभा उम्मेदवार माथि आज उजुरी दिन सकिने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते ६:१५
Listen News
0:00
0:30
🔊

२४ पुस, काठमाडौं ।  यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएकाहरुमाथि आज उजुरी दिन सकिने  निर्वाचन आयोगले जनाएको छ ।

हिजो सातै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो ।

आज ती उम्मेदवारी उपर उजुरी परेमा यही पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने आयोगको कार्यतालिका छ ।

यसैगरी पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

राष्ट्रिय सभाको १८ सिटका लागि ४४ जनाको उम्मेदवारी परेको छ । ती सिटमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।

प्रतिनिधि सभा निर्वाचन भने फागुन ११ गते हुँदैछ । प्रतिनिधि सभा निर्वाचन आउन अब ५७ दिन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?