२४ पुस, काठमाडौं । काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । ३३ जना घाइतेको उपचार जारी छ ।
बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटना हुँदा तीन महिला र दुई पुरुषको मृत्यु भएको हो ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने अन्दाजी ५५/६० वर्षीय अर्जुन लामिछानेको पनि उपचारको क्रममा गएराति साढे १२ बजे मृत्यु भएपछि मृतकको संख्या ५ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईले जानकारी दिए ।
यसअघि बाँकेको कोहलपुर नगरपालिका ५ घई भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङको पाथीभरा–५ घर भई बूढानीलकण्ठ नगरपालिका ७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिरहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बुको मृत्यु भएको थियो ।
नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीबाट पिकनिक गएर फर्किने क्रममा उनीहरु सवार बस दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकाहरुको अस्पतालमा उपचार जारी छ ।
प्रतिक्रिया 4