२३ पुस, काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जंगलमा भएको बस दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको उनले अनलाइनखबरलाई जानकारी दिए ।
मृत्यु हुनेमा ३ जना महिला र १ जना पुरुष रहेका छन् । दुर्घटनामा परेर ११ जना पुरुष र १६ जना महिला घाइते भएका छन् ।
दुर्घटनामा परेकामध्ये स्तुपा अस्पतालमा १, नेपाल मेडिकल कलेजमा १ र शंखरापुर अस्पतालमा १ जनाको मृत्यु भएको हो ।
नेचर हब भन्ने संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्कंदा बस दुर्घटनामा परेको थियो ।
अर्थोपेटिक अस्पताल, शंखरापुर अस्पताल, नेपाल मेडिकल अस्पताल, स्तुपा अस्पताल, टिचिङ अस्पताल,मुलपानि नगर अस्पताल, सुस्मा कोइराला अस्पताल, पिपुल्स लाईफ केयर अस्पताल गरी जम्मा ८ वटा अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।
घाइतेमध्य १ जना महिलाको अवस्था गम्भीर छ । गम्भीर घाइते महिला शंखरापुर अस्पतालमा उपचाररत छन् ।
प्रतिक्रिया 4