+
+
Shares

सिनामंगल–गोंगबु रुटमा बसयात्रुबाट पौने ३ लाख पाकेटमारी, ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते ११:१९

२४ पुस, काठमाडौं । सिनामंगलबाट गोंगबु जान मयूर यातायातको बस चढेका एक यात्रुको २ लाख ७५ हजार रुपैयाँ पाकेटमारी भएको छ ।

बाग्लुङ नगरपालिका–४ घर भइ काठमाडौं मित्रनगर डेरा गरी बस्ने ३७ वर्षीय दीपेन्द्र शर्मा सिनामंगलबाट गोंगबु जान मयुर यातायात चढेका थिए । मित्रपार्क पुग्दानपुग्दै उनले बोकेको कालो रङको साइड ब्याक गायब भयो ।

त्यसपछि उनले २३ पुसमा प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए । लगत्तै अनुसन्धानमा खटिएको टोलीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं दक्षिणकाली नगरपालिका–२ का ३७ वर्षीय सरोज खड्का, काभ्रेको महाभारत गाउँपालिका–७ का ४२ वर्षीय विकाश लामा, तनहुँका ३३ वर्षीय राजु गुरुङ र ललितपुरका ३३ वर्षीय सुवास मगर छन् ।

उनीहरुलाई जाहेरी परेको ६ घण्टामै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?