२४ पुस, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले संविधान रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताएका छन् ।
मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन, सहभागिता’ शीर्षकको कार्यक्रममा उनले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन अनिवार्य भएको बताएका हुन् ।
“मानवअधिकार र पीडितको पक्षमा सँधै लाग्नेछु । दण्डहिनताका पक्षमा म छैन, मुलुक कालोसूचीमा पर्ने गरी दण्डहीनतालाई प्रश्रय दिइँदैन,”गृहमन्त्री अर्यालले भने ।
निर्वाचनको सुरक्षाका लागि सरकारले सबै व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । जेनजी पुस्तालाई भोट हाल्न पाउने र राज्यको मूल धारमा आउने वातावरण बनाइएको उनले बताए ।
राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि माया शर्माले लोकतन्त्रको स्थायित्वका लागि एकमात्र विकल्प निर्वाचन भएको बताए ।
प्रतिक्रिया 4