+
+
Shares

विशेष महाधिवेशनकै पक्षमा उदयपुर कांग्रेस, सहभागी हुन प्रतिनिधिलाई आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १०:३३

२४ पुस, काठमाडौं । नेपाली कांग्रेस उदयपुरले जिल्लाका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागिताका लागि अनुरोध गरेको छ ।

जिल्ला अध्यक्ष हिमाल कार्कीले बिहीबार विज्ञप्तिमार्फत् उदयपुरका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागी हुन अनुरोध गरेका हुन् ।

‘कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा उपस्थिति र सक्रिय सहभागिताको लागि उदयपुर जिल्लाका सम्पूर्ण महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू साथै सम्पूर्ण तहमा रहनुभएका नेपाली कांग्रेसका अग्रज, साथीहरू एवम् शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौं,’ उनले भनेका छन् ।

सभापति कार्कीले महाधिवेशन प्रतिनिधिले विधिवत ढंगले माग गरेको विशेष महाधिवेशनलाई औपचारिक रुपमा सम्बोधन गरी विधि र पद्दतिलाई कार्यान्वयनतर्फ उन्मुख गराएको भन्दै महामन्त्रीद्वयप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

विशेष महाधिवेशन पक्षधरले २७-२८ पुसमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरिसकेका छ । महाधिवेशनका लागि विशेष पक्षधरले भुकुटीमण्डप ‘बुकिङ’ पनि गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?